BankingBrandingBusiness NewsCorporate

“आइएमई पे” ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ ।

काठमाण्डौंमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिपु अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।

आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासंगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराउनुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button