BrandingBreakingBusiness NewsCorporateEntertainmentInfo-Tech

आइसिटी अवार्ड २०२३ : १४ विधामा अवार्ड वितरण हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले (आज) शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुदैछ ।

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको अवार्ड कार्यक्रमको विगत ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दैै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो ।

अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्वन्धित १४ विधाहरुमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि समावेश गरिएको छ ।

प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट ८०० बढि विशिष्ट व्यक्तिहरूको सहभागीता हुनेछ । आठौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेश र ३ जना विदेशबाट विज्ञ जुरी समिती गठन गरिएको थियो ।

विभिन्न १३ विधामा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ७०० बढिको आवेदन प्राप्त भएको आयोजक समितीले जानकारी गराएको छ ।

अवार्ड वितरण हुने विधाहरुमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड रहेका छन । व्यत्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन ।

सस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड अन्तराष्ट्रिय अवार्ड विधाको रुपमा समावेश गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोवल कलेज, एडटेक पार्टनरमा वेद, ब्रोडकास्टिङ पार्टरनमा कान्तिपुर टिभी, अपस्किलिङ पार्टनरमा मेन्टरल्याब, , इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट लगाउतको सहकार्य रहेको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button