AutoBrandingBreakingBusiness News

सांग्रिला मोटर्सले ल्यायो ‘न्यू इयर बोनान्जा’

काठमाडौ नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ ।

भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको छ ।


यस अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू – सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा रु. २००,००० र विद्युतिय भर्जन सिट्रोन इ सि३ मा रु. १००,००० सम्मको लाभ पाउन सक्नेछन् ।


नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन् ।

यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ ।यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button