BankingBrandingBusiness News
नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले काठमाडौं कमलादीमा रहेको स्काईवाकमा छुट पाउने भएका छन् ।
बैंक र वन्डर्स नेपालबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडार वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोदकुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपालका अधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।