BankingBrandingBusiness NewsShare Market
तीन दिन ओरालो लागेको सेयर बजार हरियाली, साढे दुई अर्बको कारोबार
काठमाडौ । साताको तेस्रो दिन संगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्शे परिशूचक १२ अंकले बढेर २,०८८ दशमलव ७० को विन्दुमा कायम भएको हो ।
मंगलबार १४५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।