BrandingBusiness NewsInfo-Tech

एसईईको नतिजामा गत वर्ष भन्दा सुधार, कुन जिपिएमा कति पास भए

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सुधार देखिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयका अध्यक्ष महाश्रम शर्माका अनुसार गत आर्थिक वर्षमा तल्लो जिपिए ल्याउने संख्या बढी रहेको तर यस वर्ष भने माथिल्लो जिपिए ल्याउने संख्या बढी रहेको छ।

गत वर्षको तुलनामा यस वर्षको एसईईको नतिजा सुधारिएको महसुस गरेका छौँ। गत वर्ष तल्लो जिपिए ल्याउनेको संख्या बढी थियो। यो वर्ष माथिल्लो जिपिए ल्याउनेको संख्या बढी रहेको छ।

अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत प्रश्नपत्र बनाएका कारण पनि नतिजा सुध्रिएको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउने नौ हजार ६३३ विद्यार्थी थिए। यो कुल विद्यार्थीको १.९४ प्रतिशत थियो। अहिले यो जिपिए ल्याउने संख्या २२ हजार ४७५ छ। यो कुल संख्याको ४.६३ प्रतिशत हो।

गतवर्ष ३.२ देखि ३.६ जिपिए ल्याउने ४१ हजार ६२७ विद्यार्थी थिए। जुन कुल विद्यार्थी संख्याको ८.४ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ५५ हजार ६९ रहेको छ। यो कुल विद्यार्थी संख्याको ११.३६ प्रतिशत हो।

यस्तै २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ६९ हजार ९०० थियो। यो कुल विद्यार्थी संख्याको १४.१० प्रतिशत थियो। यस वर्ष यो जिपिए ल्याउने ७२ हजार ३६२ छ। यो कुल विद्यार्थी संख्याको १४.९२ प्रतिशत हो।

गतवर्ष २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ९० हजार ७५८ थियो। जुन कुल विद्यार्थी संख्याको १८.३१ प्रतिशत थियो। यो वर्ष यही जिपिए ल्याउनेको संख्या ८९ हजार ३३१ छ। जुन कुल विद्यार्थी संख्याको १८.४२ प्रतिशत हो।

गतवर्ष २ देखि २.४ जिपिए ल्याउनेको संख्या एक लाख १२ हजार ७३३ थियो। यो कुल विद्यार्थी संख्याको २२.७४ प्रतिशत हो। यो वर्ष यो जिपिए ल्याउने ल्याउनेको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो।

गतवर्ष १.६ देखि २ जिपिए ल्याउनेको संख्या एक लाख ५९४ थियो। जुन कुल विद्यार्थी संख्याको २०.३ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ८८ हजार ४४७ रहेको छ। यो कुल विद्यार्थी संख्याको १८.२४ प्रतिशत हो।

गतवर्ष १.२ देखि १.६ जिपिए ल्याउनेको संख्या ४४ हजार ५८६ थियो । जुन कुल विद्यार्थी संख्याको ९ प्रतिशत हो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या ३८ हजार ७७० छ। जुन कुल विद्यार्थीको ७.९९ प्रतिशत हो।

गतवर्ष ०.८ देखि १.२ जिपिए ल्याउनेको संख्या तीन हजार २८० थियो। जुन कुल विद्यार्थी संख्याको ०.६६ प्रतिशत थियो। यस वर्ष यो जिपिए ल्याउनेको संख्या दुई हजार २०० छ। यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

यस वर्ष कुल चार लाख ८४ हजार ९३९ विद्यार्थीले एसईईको परीक्षा दिएका थिए। जसमध्ये १३ हजार ९९२ विद्यार्थी आंशिक परीक्षा दिएका वा उपस्थित नै नभएका बोर्डका अध्यक्ष शर्माले बताए।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button