BankingBusiness News

मौद्रिक नीतिले ब्याजदर घटाउने अर्थमन्त्री डा.महतको बिश्वास

काठमाडौ। अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताउनु भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिनुभएको हो ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घटने कुराले ठूलो राहत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो अहिलेको जुन ब्याजदर छ । त्यो ज्याँदा छ । त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजगीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला । त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ । केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ ।’’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले कृषि वस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंसा गर्नुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button