Business NewsInfo-Tech
विदेश गएका नेपालीले ११ महिनामा ११ खर्ब १२ अर्ब रेमिट्यान्स पठाए
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ महिनासम्म एघार खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२।७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।