BankingBrandingBreaking

लुम्बिनी विकास बैंकद्वारा सातै प्रदेशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता प्रदान

काठमाडौं ।   लुम्बिनी विकास बैंकले सातै प्रदेशका विभिन्न विद्यालययहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकले देशैभरीका शाखा कार्यलयहरुमार्फत् ग्लोवल मनी वीक २०२४ को अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्विको कार्यक्रम आयोजना गरेको हो ।  

वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा विद्यार्थीहरुलाई बैंकले गर्ने कार्य बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषयमा साक्षरता गराएको थियो ।

बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारीमूलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । यसबाट बैंकिङ प्रणाली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button