BankingBusiness NewsCorporate

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता

काठमाडौ । हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ।

आव २०८०(०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरूको ऋण लगानीका खाताहरू विभागले बैंकका विभिन्न शाखा कार्यालयहरू मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्नेछ।

हुलाक बचत बैंकका निक्षेपकर्ताहरूले बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यावधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गतेदेखि गर्न सक्नेछन्।

यसरी खोलिने सम्पूर्ण खातावालाहरूलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button