Business NewsCorporateShare Market

रिलायबल नेपाल लाइफले आजदेखि आईपीओ निष्कासन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।

जारी पूँजी रू ४ अर्बको ३० प्रतिशतले हुन आउने रू १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता रू १०० मूल्यमा प्रिमियमबापत रू १५७ थप गरी प्रतिकित्ता रू २५७ मा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

कुल कित्ता शेयरमध्ये योबाहेक ५ प्रतिशत दरको ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्ता नै कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।

कर्मचारीहरूका लागि भने प्रतिकित्ता रू १०० अंकित मूल्यमै शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउनेछ ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले यो आईपीओ साउन १० गतेसम्म विक्री खुला गर्ने भएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button