भायानेटकी सीईओ ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित हुनुभएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा उहाँलाई सम्मान गरिएको हो ।
सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोुलीको अभिन्न अंगको रूपमा बोहोराले नेपाली घर(घरमा इन्टरनेट जडानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सिइओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार कम्पनीको भनाई छ । ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।
भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटले जनाएको छ ।