BrandingCorporate

सुर्य नेपालको नयाँ उत्पादन मंगलदीप सयपत्री अगरबत्ती बजारमा

काठमाडौ । सुर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती बजारमा सार्वजनिक गरेको छ।

अगरबत्तीको हरेका प्याकमा ९ इन्चका ४० वटा काँटी रहेको कम्पनीले जनाएको छ।

अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकाले हरेक शुभ कार्यका लागि उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने उल्लेख गर्दै यस अगरबत्तीले उत्कृष्ट गुणस्तर कायम राखी ब्राण्डको छवि र उपभोक्ताको लगावलाई सुढृद बनाउने विश्वास कम्पनीको छ।

यस्तै प्रिमियम अगरबत्ती खोज्ने ग्राहकका लागि यो अगरबत्ती उपयुक्त भएको कम्पनीको दाबी छ। चम्पा, सुपर चम्पा, जस्मिन, चम्पाचमेली, चन्दन, लेवेन्डर जस्ता ब्राण्डमा रहेको यस अगरबत्तीको बिक्री मूल्य ५० रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button