
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल चुक्ता पुँजी रु६४,१६,१६,०००, जगेडा कोष रु।२४,९९,६३,८७०, बचत संकलन रु २,७५,३६,१५,३२०, कुल लगानीमा रहिरहेको कर्जा रु८,७३,१७,३७,१९०, कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १,२९,४४२, कुल ऋणी संख्या ७३,६०५, कुल कर्मचारी संख्या ६१२ पुगेको छ ।
शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा गरियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिएका थिए ।
कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
यस्तै शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।