ऊर्जा दशक घोषणाको तयारी, १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ ।
विद्युत विकास विभागको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वाकाक्षी लक्ष्य सहित ऊर्जा विकास दशक मार्गचित्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘यसको लागि कार्यदल बनाएर आवश्यक तयारी गर्ने काम अन्तिम अवस्थामा पुगिसेकेको छ’ उनले भने । मन्त्री बस्नेतले अहिले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान पनि यही मार्गचित्रमार्फत सम्बोधन गर्ने तयार भइरहेको बताए ।
‘सरकार र निजी क्षेत्रबीच अब सहकार्य र पूरकको भुमिका अघि बढ्नुपर्छ, नकि अवरोधकको रुपमा’ उनले भने । आउदा दिनमा जलविद्युत्को विकाससँगै जलवायु परिवर्तनको प्रभावबारेमा पनि सचेत हुनुपर्ने र आवश्यक तयार थाल्नुपर्नेमा उनले जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले कोशी, तामाकोशी, चिलिमे कोरिडोरमा सामान्य मात्र समस्या रहेपछि मस्र्याङ्दी कोरिडोर अन्तर्गतको दोर्दी कोरिडोरमा विद्युत ‘इभ्याकुएशन’ मा समस्या रहेको स्वीकार गरे । अहिले बजारमा ५ सय मेगावाट विद्युत् खेर ९स्पिल० भइरहेको भनेर हल्ला भएको तर, त्यो सत्य नभएको उनको भनाइ छ । ‘रातको समयमा ५० मेगावाट मात्र खेर गइरहेको छ, दिउसो पूर्ण रुपले प्रयोग भइरहेको छ’ कार्यकारी निर्देशक घिसिङले भने ।