BankingEntertainment

‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेशनल बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२२ बाट सम्मानित भएको छ ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१–२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारदर्शिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

एक टिप्पणी

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button