Business NewsCorporateShare Market
माथिल्लो तामाकोसीको १ः१ हकप्रद शेयर निष्कासनको तयारी
दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।
दुई लाख ७६ हजार दोलखशालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब ८४ हजारको डिम्याट खाता रहेको छ । अझै करिब एक लाख ९२ हजार जनाको शेयर अभौतीकीकरण हुन बाँकी रहेको देखिएको छ ।