आज Leaders for Next Generation: Expect the Unexpected सम्मेलन हुदै
काठमाडौ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपालले सोमबार Leaders for Next Generation: Expect the Unexpected सम्मेलनको आयोजना गर्दैछ ।
सम्मेलनको मुख्य उदेश्य विश्यव्यापी परिवर्तित आर्थिक, राजैतिक, वातावरणीय र सामाजीक प्रवृत्तिले भविष्यको वित्तीय क्षेत्रलाई पार्ने प्रभावका साथै आगामी पुस्ताका ग्राहकहरुका आवश्यकता, अपेक्षा हरुमा ध्यान केन्द्रित गर्दै सम्बन्धीत जोखिम तथा अवसरहरु सहित वित्तीय क्षेत्रको डिजिटलाइजेशनमा व्यापक अन्तरदृष्टि प्राप्त गर्नु रहेको छ ।
सम्मेलनमा स्वदेश तथा विदेशका गरी २१ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्रप्रस्तुती एवं सारगर्वित मन्तव्यहरु राख्नु हुनेछ । सम्मेलनमा वैंक, वित्तिय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिव १ सय ५० सहभागिता रहने छ ।
कार्यक्रमको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालबाट गरी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।