BrandingPoliticsTrending

५ एआईजीको सरुवा, उपत्यकामा दीपक थापा

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् ।

उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।

यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button