Breaking

सुतिरहेकाे स्थानमा डढेलाे लागेर भारतमा तीनकाे मृत्यु

नयाँदिल्ली । भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन । 

प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिंगरा गाउँको हमेरढोकमा तीनवटा अस्थायी झुपडीमा आगलागी भएको एसएसपी रामबन मोहिता शर्माले जानकारी दिए । उनका अनुसार सो आगलागीमा परेर तीन जनाको ज्यान गएको तथा दुई जनाको अवस्था गम्भीर भए पछि पीएचसी उखरालमा लगिएको छ ।

आगलागीमा मृतकका श्रीमान् इब्राहिम (३५), छोरा बोबिया र महिला मिर्जा बेगम (५५) श्रीमती नुरानी गम्भीर रूपमा जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

गर्मी मौसममा गाईवस्तु चराउनका लागि यी मानिसहरूले पहाडमा अस्थायी घर बनाउँछन्, जसलाई ढोका भनिन्छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button