Breaking

नेपालकाे भुमी समेटेर नक्सा प्रकाशन त्रुटिपूर्ण, चीनलाइ कुटनीतिक नाेट पठाइयाेस्: महर

काठमाडाै‌, १५ भदाै‌ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु  चीनको  त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् ।

चीन सरकारले हालै सार्बजनिक गरेकाे नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन ।

नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र  नेविसंघका नेताहरू संग काठमाडौंमा भएक छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको ब्याभारबाटै प्रष्ट भएकाे उनकाे भनाइ छ ।

नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने उनकाे भनाइ छ ।

ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी भने, ” नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ ।’

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button