BrandingEntertainment

‘मिस युनिभर्स नेपाल’को विश्वव्यापी प्रतियोगितामा

काठमाडौँ , ‘मिस युनिभर्स नेपाल’को विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोसाक सहित विश्व शान्तिको कामना गर्ने भएको छ । आयोजक उमङ्ग क्रियसनले एक कार्यक्रम गर्दै मिस युनिभर्स नेपालले राष्ट्रिय पोसाक सहितको प्रस्तुति प्रस्तुत गरेको हो । मिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दीपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोसाक सहित आफ्नो प्रस्तुति मार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश फैल्याउने कार्यक्रममा जानकारी दिइयो । प्रतियोगितामा नेपालको राष्ट्रिय पोसाक प्रस्तुत गर्ने आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले राष्ट्रिय पोसाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको बताए । प्रतियोगीताका लागि जैन दीपिकाको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरिरहेका छन् । ‘मिस युनिभर्स २०२३’ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोभेम्बर १८ मा हुँदै छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button