BrandingBreakingBusiness NewsCorporate

युटीएलसहित ३ संस्थाको लाइसेन्स खारेज

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) सहित ३ वटा दूरसञ्चार सेवा प्रदायकको इन्टरनेट सेवाको लाईसेन्स खारेज गरेको छ।

प्राधिकरणले युटीएल सहित म्याक्स नेट सोलुसन प्राली र चितवन नेटवर्क प्रालीको पनि लाईसेन्स खारेज गरेको छ। प्राधिकरणले यी तिनै कम्पनीको इमेल सहित इन्टरनेटको लाईसेन्स खारेज गरेको हो ।

अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले लाईसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले निजहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम स्वतः भएको प्राधिकरणले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button