BrandingBreakingBusiness NewsCorporate

चैत १६ गतेदेखि हर्टिकल्चर एक्स्पो, ७ सय बिरुवा प्रदर्शनी तथा बिक्री वितरण हुने

काठमाडौ : नर्सरी व्यवसायी संघको आयोजनामा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरेर यही चैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने जानकारी गराएको हो ।

मेला संयोजकसमेत रहेका संघका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरका अनुसार यस मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने  छ । मलखाद, अर्गानिक एवम् रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहनेछ । 

मेलामा ७४ वटा व्यावसायिक स्टल, ४ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टलसहित जम्मा ९० वटा स्टल रहने संघले जानकारी दिएको छ । मेलामा कम्तीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र एक करोड भन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । 

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिकका लागि प्रति व्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । व्यवसायीहरूको समता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइ व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

प्रतिस्पर्धाको मूल्यांकन गर्न कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा ३ सदस्यीय मूल्यांकन समिति समेत गठन गरिएको छ । नर्सरी व्यवसायीमध्येबाट १ जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिनेछ । कृषि क्षेत्रमा कलम चलाइरहेका दुई जना कृषि पत्रकारहरूलाई समेत सम्मान गर्ने संघले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button