नबिल एसएसई अन्तर्गत फेलोसिपकार्यक्रमको तेस्रो ब्याचका लागिआवेदनखुल्ला
काठमाडौं | नबिल सामाजिकउद्यमशिलता ’नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचकालागिआवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूलअफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ । अथवा नबिलबैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ । आवेदनको अन्तिमदिन बैंकले भदौ ३ गते तोकेको छ ।
सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिनआफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानकालागि नबिलले सहयोग गर्नेछ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनकालागि शुरु गरिएको यस फेलोसिपकार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिमप्राप्त गरि सकेका छन् ।विभिन्न पृष्ठ भुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिमप्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुलनिक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै गरी देशभरिको शाखाविस्तार भई २ सय ६५शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवाप्रदानगर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा कामगर्दै आएको छ ।
आवेदनका लागि तल दिइएको लिङ्कमा क्लिकगर्न सकिनेछ ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse