नेपाल लाइफ दियो ६९अर्व ६२ करोड दावी भुक्तानी
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्त सम्ममा ६९अर्व ६२ करोड दावी भुक्तानी गरेको छ ।
यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्व दावी भुक्तानी गर्दैे नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ ।
नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ ।
कम्पनीले Conventional प्लान अन्तर्गत ११,१७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको छ ।
यस कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी पर्छ्रयौट भई सकेको कम्पनीले जनाएको छ।
सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ ।
कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ ।
दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।
आर्थिक वर्ष २०७९।८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।