काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए ।