AutoBankingBrandingBreakingBusiness NewsCorporate

भदौ २६ देखि नाडा अटो शो, २० अर्ब कारोबार हुने अपेक्षा

काठमाडौ । भदौ २६ देखि ३१ देखि सुरु हुन लागेको ‘नाडा अटो शो २०२३’ को तयारी पुराभएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पत्रकार सम्मेलनगरी १५ औं संस्करणको अटो शोको तयारी पुरा भएको जनाएको हो ।

नाडा अटो शो आयोजक समितिका सभापति अनुपकुमार बरालले प्रदर्शनीको १५ औं संस्करणमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा, टायरका साथै प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधनका साथै राष्ट्रिय ब्राण्डको अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने बताउनुभयो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष आयोजकमा टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।

आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पर्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर परेकोले अटो शोको आयोजना गर्न लागिएको बताउनुभयो । अटो शो ले बजारलाई चलायमान बनाउने करिब २० अर्बको कारोबार हुने अनुमान छ।

प्रदर्शनीमा ठूला साना गरी १ सय २० स्टल तथा ब्लकहरु रहने छन् भने १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुव्रिकेन्ट, टायर, ब्याट्रीलगायत उपकरण कम्पनीहरुको सहभागिता रहने छ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो ७५ हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरीएको छ ।

यस्तै अटो शोको टिकटको लागि खल्ती, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक लगायतका संस्थाहरूको सहभागिता रहनेछ। टिकट बुकिङ खल्ती एपमा गएर गर्न सकिने छ। सर्वसाधारणलाई २ सय र विद्यार्थीलाई १ सय ५० लाग्ने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button