headlinePolitics
ट्रेन्डिङ

नेपाल जनता पार्टीको कार्यकारिणी बैठक भदौं १६ गते बस्दै , हिन्दु राष्ट्रको माग गर्दै मेचीमहाकाली रथयात्रा एजेण्डा

काठमाडौं । नेपाल जनता पार्टीको दोस्रो कार्यकारिणी बैठक शनिबार बस्दैछ ।

पार्टी कार्यलय अनामनगरमा बस्न लागेको बैठकले नेपालमा लोकतान्त्रिक हिन्दु राष्ट्र बनाउने र भष्ट्रचार मुक्त समाज निमार्णमा शसक्क्त ढंगबाट अगाडी बढ्ने लगायत बिषयमा छलफल गरिने बरिष्ठ उपाध्याक्ष खेमराज आचार्यले जानकारी दिनुभयो ।

यस्तै बैठकमा मसिंरमा पशुपतिबाट हिन्दु राष्ट्रको माग गर्दै मेचीमहाकाली रथयात्राको तयारी बारे छलफल गरिने आचार्यले बताउनुभयो।

पार्टी अध्यक्ष त्रिभुवन पाठक अध्यक्षतामा बस्न लागेको बैठकले राष्ट्रिय जागरण अभियानलाई कसरी अगाडी बढाउनदेखि नयाँ सांगठनिक विभाग गठन गर्नेछ ।

अब नयाँ बैचारिक शक्क्तिको रुपमा नयाँ ढंगबाट लाग्ने एजेण्डा, राजनीतिक प्रतिवेदनका बृहत छलफल हुने वरिष्ठ उपाध्यक्ष खेमनाथ आचार्यले बताउनुभयो।

शनिबारको बैठकमा कांग्रेस,एमाले,माओबादी र नयां शक्ति लगायत अन्य पार्टी परित्याग गरेर आएका लाई पार्टी प्रवेश तथा सदस्यता दिने कार्यक्रम समेत रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button