Share MarketUncategorized

सोमाबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा

काठमाडौ। सेयर बजार अन्तिम प्रहरमा सकारात्मक बनेर बन्द भएको छ । सोमाबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा आएको छ । आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।   

सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो ।  समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।   यस दिन २७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ । ५ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नबिल बैंक परेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button