Branding

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्याे

मोरक्को, २४ भदौं । गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ । 

भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ। 

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ ।

जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचान
क ढोका ढल्किएको आवाज सुनेको बताइन् । यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन् । 

उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button