BankingBrandingBreakingBusiness NewsCorporate
तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका सिईओ न्यौपाने पक्राउ
काठमाडौ । प्रभु बैंकका नायव कार्यकारी अधिकृत ‘डेपुटी सिइओ’ मनोज न्यौपाने पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको टोलीले न्यौपानेलाई मंगलबार पक्राउ गरेको हो ।
ऋण प्रबाहमा कमजोरी देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्याैपानेसहित ११ जना पनि पक्राउ परेका छन ।
तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।
उनी २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।
प्रभु बैंकसँग सेञ्चुरी मर्जर भएपछि उनी बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका हुन ।