BreakingBusiness NewsheadlineTrending

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा यो साता सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साता शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।

यो साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यसबाहेक, हिजो शुक्रबार ९०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button