Politics

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम,। राष्ट्रपति रामचन्द्र पौडेलले   जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् । सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा उनले अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे । मन्दिरमा राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे । सोमबार दिउँसो राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button