Politics

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ पुगेका छन् । 

 

छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । छोङछिङमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अध्ययन अवलोकन गर्नेछन् । 

गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button