Politics

गृहमन्त्री नारायणकाजी श्रेष्ठ भए डिस्चार्ज

बेइजिङ ।  हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका श्रेष्ठ ५ दिन अस्पतालको बसाईपछि डिस्चार्ज भएका हुन् । 

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए ।

डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङस्थित नेपाली  राजदुतावास परिवारलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button