Politics

एक क्विन्टल सुन प्रकरण : भन्सार अधिकृतसहित छ जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ।

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कर्मचारी कुमार ढकाल र सरोज श्रेष्ठ तथा भन्सार एजेन्ट सुदर्शन श्रेष्ठ, यादव पराजुली र रुक्मीणा सुब्बा रहेका छन्।

भन्सार विभागले उनीहरूको लापरबाहीका कारण सुन जाँचपास भएको भन्दै शनिबार निलम्बन गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि उच्च अदालत पाटनले छ दिनको म्याद थपेको छ।

विभागले यसअघि १० जनालाई पक्राउ गरिसकेको छ। जसमा एक भारतीय र एक चिनियाँ नागरिक समेत छन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button