Politics

सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए । 

सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाउने दाबी गरे । 

समृद्धिको यात्रा प्रक्रियालाई तीव्र बनाउन सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले यसका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारबाही गर्ने बताए । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button