Branding

माओवादीको तीन महिने अभियानको उदघाटन आज गरिने

काठमाडौं, १६ भदौं । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजवाट सुरु हुदैँछ । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः००  बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए  ।  

उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाईएको छ ।
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button