Politics

संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र  संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका हुन् । 

विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको भन्दै उनले पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्न सरकारको प्रतिबद्धता रहेको बताए । 

शान्तिप्रक्रियाको उपजमा प्रचलित संविधान रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सजायको नीतिबारे छलफल गर्नुअघि द्वन्द्वको प्रकृति, सन्दर्भ र प्रजातन्त्र स्थापना र सामाजिक रूपान्तरण सुनिश्चित गर्न त्यसको प्रभावलाई विचार गर्नुपर्ने बताए । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button