Politics

‘भ्रष्टचारको फाइल खोल्छु’ भन्दै सरकार ब्लाकमेलिङ गर्दैछः ओली

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्छु भनेर ‘ब्लाकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।   ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्लाकमेलिङमा लागेको उनको आरोप छ ।   प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’    ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्लाकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button