Politics

घर कर्जाको सीमा ५० लाख बढ्यो, रेमिट्यान्स खातामा १ % थप ब्याजको निरन्तरता

काठमाडौ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएर २ करोड पुर्र्याएको हो । यसअघि घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँसम्मको थियो।

यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रेमिट्यान्स खातामा दिइँदै आएको १ प्रतिशत थप ब्याज दिने व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा खाता खोली रेमिट्यान्स पठाएमा कम्तीमा १ प्रतिशत थप ब्याज दिने व्यवस्था लाई निरन्तरता दिइएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button